मास कन्भर्सन डीसअर्डर उपचार तथा व्यबस्थापन पुस्तिका
Preview | Price | Abstract | Language | |
---|---|---|---|---|
![]() |
Free Download | विश्वस्वास्थ्य संगठनका अनुसार कन्भर्सन डिसअर्डरवाट प्रभावित भएकाहरुमा सामान्यतया विगतका कुराहरुको स्मरण, आफ्नो पहिचानको ख्याल, शरीरमा महसुस हुने चेतना तथा शरीरका चालसंग सम्बन्धित जानकारीहरु आशिंक वा पुरा मात्रामा समन्वय नहुने हुन्छ । यसलाई छारे रोगको बेहोस नभई मनमा पर्ने असरले गर्दा छोप्ने (एकथअजयनभलष्अ ल्यल भ्उष्भिउतष्अ क्भष्शगचभ( एल्भ्क्० भनेर पनि बुझिन्छ । कन्भर्सन डिसअर्डरमा मनोवैज्ञानिक कारण भएपनि प्रायःजसो शारीरिक लक्षणहरु देखिन्छ । यसमा छोप्ने वा बेहोस हुने, शरीरका विभिन्न अङ्ग नचल्ने, दुखाईका लक्षणहरु फरक–फरक स्वरुपमा देखिने हुन्छ । यो समस्या एक जनामा तथा समुहमा पनि देखिन सक्दछ । यदि कन्भर्सन डिसअर्डरका लक्षणहरु एक जना भन्दा बढी व्यक्तिमा एकै पटक देखिन्छ भने त्यसलाई मास कन्भर्सन डिसअर्डर भनिन्छ । सामान्यतया यसमा देखिने लक्षणहरु छोप्ने वा बेहोस हुने, हातखुट्टा धेरै चलाउने, यता–उता हिर्काउने, श्वासप्रश्वासमा गाह्रो हुने, देवीदेउता वा वायु आफुमा चढेको छ भनेर बक्ने, शरीरका कुनै भागमा चेतना कमी भएको गुनासो गर्ने आदि हुन्छ । यो समस्या प्राय किशोरकिशोरी उमेरमा बढी देखिएको पाइन्छ । यो समस्या पुरुषमा पनि पाइन्छ तथापि महिलामा भन्दा कम संख्यामा भेटिएको छ । शारीरिक, मनोवैज्ञानिक तथा सामाजिक परिस्थितिहरुबीचको अन्र्तक्रियाले उत्पन्न गर्ने मनोवैज्ञानिक तनावले नै कन्भर्सन डिसअर्डरको लक्षणहरु प्रकट भएको देखिन्छ । जस्तै परीक्षाको डर, परिवार तथा साथी–भाइसँगको सम्बन्धमा आउने समस्या, आघातजन्य घटनाहरुको अनुभव (शारीरिक, मानसिक, यौन हिंसा) हरुले पार्ने तनावले गर्दा सामान्यतया यो समस्या भएको अध्ययनहरुले देखाएको छ । कन्भर्सन डिसअर्डर नै हो कि होइन भनेर स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी तथा चिकित्सकले बिरामीको पूर्ण रुपमा शारीरिक परीक्षण गर्नु जरुरी हुन्छ । त्यसैगरी अरु मानसिक रोग पनि भए नभएको जाँच्नु जरुरी हुन्छ । चिकित्सकिय जाँचमा यदि कुनै शारीरिक रोग वा अरु मानसिक रोग भेटिए पहिला त्यसको उपचारमा ध्यान दिनु जरुरी हुन्छ । समुहमा देखिने कन्भर्सन (मास कन्भर्सन)का घटनाहरु विद्यालयमा बढ्दै गएको देखिन्छ भने यो समस्याको बारेमा खासै ज्ञान तथा उपचारमा दक्षताको कमी देखिन्छ । यसको मद्दतले स्वास्थ्यकर्मी, शिक्षक, मनोपरामर्शकर्ता तथा अभिभावकलाई तालिम प्रदान गरेर कन्भर्सनको समस्यालाई समयमा नै व्यवस्थापन गर्न सहयोग पुग्नेछ भन्ने हाम्रो अपेक्षा हो । यो समस्या भएका व्यक्ति तथा समुहलाई मनोपरामर्श उपचार, शिक्षक, अभिभावक तथा साथीहरुलाई मनोशिक्षा जस्ता सहयोगले मद्दत गर्न सकिन्छ । जो व्यक्तिलाई पहिला कन्भर्सनको लक्षण देखिएको हो यसलाई मास कन्भर्सनमा इन्डेक्स केस भनेर बुझिन्छ । यो केसको समयमै आवश्यक उपचार तथा हेरचाहले लक्षण कम हुँदै जान्छ जसले गर्दा अरुहरुमा देखिएको कन्भर्सनका लक्षणहरु पनि व्यवस्थापन गर्न सहज पुग्दछ । मनोसामाजिक सहयोगमा कन्भर्सनको लक्षण देखिएको केसको मनोसामाजिक अवस्था, अन्तरसम्बन्धमा भएको तनावलाई पत्ता लगाई त्यसको समाधानमा सहयोग पुग्ने ढङ्गले छलफल गर्नु महत्वपूर्ण हुन्छ । मनोसामाजिक उपचारमा तनाव कम गर्ने तरिकाहरु जस्तैः श्वासप्रश्वास तथा ध्यानको अभ्यास, समस्या समाधानको सिपको अझ महत्वपूर्ण भुमिका हुन्छ । कन्भर्सन डिसअर्डरको बारेमा हाम्रो समाजमा व्याप्त विश्वास (खासगरी रोगको लक्षणकाबारेमा) ले गर्दा धेरैजसो बिरामीहरु सो समस्याको उपचारमा पनि धामीझाँक्रीको मद्दत लिने गर्दछन् । समाजमा यो समस्याको बारेमा नकारात्मक धारणा तथा लाञ्छनाहरु पनि त्यत्तिकै मात्रामा देखिन्छ । मास कन्भर्सन डिसअर्डर सर्छ भनेर पनि बुझिने गरेको देखिन्छ । यसको उपचार गर्दा परिवारको सामाजिक विश्वासलाई सम्मान गर्दै महंगा र अन्धविश्वासमा आधारित उपचारमा भन्दा वैज्ञानिक तथ्यमा आधारित उपचारहरुलाई ग्रहण गर्नुपर्दछ । समुदायमा यो समस्याको बारेमा जनचेतना बढाउनुपर्ने आवश्यकता बढी नै छ जसले गर्दा यसप्रतिको अन्धविश्वास तथा लाञ्छनामा कम हुन तथा यो समस्या कमहुनमा सहयोग पुगोस् । |
Nepali |